काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २१ करोड ३८ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १७ करोड ४२ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १८.५१ प्रतिशत ले कम हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेका छ तर आम्दानी भने २९८.९७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेको छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४ अर्ब २५ करोड रुपैयाँ सञ्चित रहेको छ।
अर्थ सन्जाल