काठमाडौं । सिटी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले २० करोड ४७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
अघिल्लो वर्षको सोही अवधिको कम्पनी २७ करोड २२ लाख रुपैयाँ घाटामा थियो ।
४७ करोड ३१ लाख रहेको सञ्चालन आम्दानी बढेर ५० करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
कुल आम्दानी ५८ करोड २३ लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्च ३२ करोड ७३ लाख रहेको छ । चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको सिटीको अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक छ ।
यसको प्रतिसेयर नोक्सानी १२.२३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ९४.५६ रुपैयाँ छ ।
Artha Sanjal
अर्थ सन्जाल