काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले विद्युत बिक्रीमाफर्त २३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.८२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको आम्दानी ६३ करोड ८२ लाख रुपैयाँ थियो ।
अघिल्लो आर्थिक वर्षमा १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा ३० करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
कम्पनीको कुल नाफा ८१.४१ प्रतिशत घटेको छ भने अन्य आम्दानी २५२.१९ प्रतिशत बढेको छ । कम्पनीको कुल खर्चमा १३.९३ प्रतिशत घटेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ५६ पैसा रहेको छ ।
३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १७ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ ।
अर्थ सन्जाल