काठमाडौं । आरम्भ चौतारी लघुवित्तकाे आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीकाे गत बर्ष खुद नाफा बढेर चार करोड ३५ लाख २३ हजार रुपैयाँ भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ६ करोड ५ लाख ७० हजारा रुपैयाँ ऋणात्मक थियो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी दुई प्रतिशतले घटेर २७ करोड ६ लाख ३७ हजार रुपैयाँमा झरको छ । यो अघिल्लो वर्ष २७ करोड ६१ लाख ५० हजार रुपैयाँ थियो । कम्पनीको खुद फी तथा कमिशन आम्दानी भने ६५.८६ प्रतिशतले बढेर ६ करोड ३० लाख ८ हजार रुपैयाँ पुगेको छ ।
३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ करोड ६४ लाख ९४ हजार रुपैयाँ ऋणात्मक र रिजर्भमा १६ करोड ७० लाख ६६ हजार रुपैयाँ छ । कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा ७/६७ प्रतिशतले घटेर ४ अर्ब २५ करोड १० लाख ६७ हजार रुपैयाँ र निक्षेप संकलन ६.७७ प्रतिशतले बढेर १ अर्ब ५८ करोड २० लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको कुल सञ्चालन आम्दानी ६.२१ प्रतिशतले वृद्धि भएर ३३ करोड ३६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा ८ करोड २३ लाख ४० हजार रुपैयाँ छ । गत अवधिमा कम्पनी प्रतिसेयर आम्दानी (ईपीएस) १६/५० रुपैयाँ ऋणात्मकबाट बढेर ११.८५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४१.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०३/७६ गुणा र तरलना अनुपात ३.०८ प्रतिशत छ ।