काठमाडौं । हिमालयन रिइन्सुरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसले ६४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । यो नाफा अघिल्लो वर्षको भन्दा ९७.६४ प्रतिशतले धेरै हो ।
यस अवधिमा खुद बिमा शुल्क आम्दानी ८२.७५ ले बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेपछि खुद नाफा वृद्धिमा पनि महत्वपूर्ण सहयोग पुगेको हो । लगानी तथा कर्जा हुने आम्दानी पनि ४२.०८ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
यसको चुक्ता पुँजी पनि ४८.५७ प्रतिशतले बढेर १० अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख रुपैयाँ जम्मा भएको छ । हिमालयन रिइन्सुरेन्सको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ३.५० रुपैयाँले बढेर १२.३४ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल