काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुलाएको छ । कम्पनिले सेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ४५७ कित्ता संस्थापक सेयरको बिक्री खुलाएको हाे ।
बैंकले प्रतिकित्ता १४५ मै सो सेयरको बिक्री खुलाएको हो ।
अहिलेलाई यो सेयर संस्थाका कायम संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक सेयरधनीले आवश्यक कागजातिसहित आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ । आवेदन न्यूनतम १० हजार कित्ताका लागि दिनुपर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल