वाणिज्य बैंकहरुले सरकारलाई बुझाए झण्डै ३० अर्ब आयकर, नविलको सबैभन्दा बढी

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। जसअनुसार वाणिज्य बैंकहरुले राज्यलाई बुझाउने आयकर झण्डै ३० अर्ब पुगेको छ । गत आवको वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ आयकर तिरेका छन्।

प्रचलित नियम अनुसार वाणिज्य बैंकहरुले कम्पनीको नाफाको ३० प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । गत आवमा २० वटा वाणिज्य बैंकहरुको कुल नाफा ९४ अर्ब १४ करोड १९ लाख रुपियाँ रहेकोमा आयकर तिरेपछि बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आवमा वाणिज्य बैंकहरुले तिर्ने कर १६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा वाणिज्य बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपैयाँ आयकर बुझाएका थिए ।

कुन बैंकको आयकर कति ?
गत आर्थिक बर्षमा सबैभन्दा बढी आयकर तिर्नेमा नविल बैंक रहेको छ । यस बैंकले आर्जन गरेको नाफाको ३० प्रतिशतका दरले हुन आउने २ अर्ब ७३ करोड ५२ लाख ४३ हजार रुपैयाँ  कर तिरेको छ  । त्यस्तै सबैभन्दा कम आयकर तिर्नेमा एनआईसी एशिया बैंक रहेको छ । यस बैंकले जम्मा ५४ करोड ९३ लाख नौ हजार रुपैयाँ रहेको छ ।

१. नविल बैंक – २ अर्ब ७३ करोड ५२ लाख ४३ हजार
२. प्रभु बैंक – २ अर्ब ५७ करोड ३६ लाख २६ हजार
३. ग्लोबल आईएमई बैंक – २ अर्ब ५५ करोड १२ लाख ६४ हजार
४. नेपाल इन्भेष्टमेण्ट मेगा बैंक – २ अर्ब १४ करोड ४१ लाख ५९ हजार
५. एभरेस्ट बैंक – १ अर्ब ९० करोड चार लाख १७ हजार
६. राष्ट्रिय वाणिज्य बैंक – १ अर्ब ८९ करोड ९४ लाख ५८ हजार
७. प्राइम कर्मशियल बैंक – १ अर्ब ६५ करोड ३९ लाख १८ हजार
८. कृषि विकास बैंक – १ अर्ब ६४ करोड तीन लाख१५ हजार
९. कुमारी बैंक – १ अर्ब ६२ करोड पाँच लाख २९ हजार
१०. स्ट्यान्डर्ड चार्टर्ड बैंक – १ अर्ब ४१ करोड ८१ लाख २३ हजार
११. सिद्धार्थ बैंक – १ अर्ब ३४ करोड ४५ लाख ७० हजार
१२. लक्ष्मी सनराइज बैंक –१ अर्ब २३ करोड ५७ लाख ३३ हजार
१३. नेपाल बैंक – १ अर्ब २३ करोड ४६ लाख ९५ हजार
१४. हिमालयन बैंक – १ अर्ब २० करोड ८३ लाख २२ हजार
१५. एनएमबी बैंक –१ अर्ब ६६ लाख २६ हजार
१६. सनिमा बैंक – ९७ करोड २३ लाख ७६ हजार
१७. नेपाल एसबीआई बैंक – ८६ करोड ५३ लाख २८ हजार
१८. सिटिजन्स बैंक – ७४ करोड ४३ लाख ७७ हजार
१९. माछापुच्छ्रे बैंक – ६९ करोड पाँच लाख १५ हजार
२०. एनआईसी एशिया बैंक – ५४ करोड ९३ लाख नौ हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *