काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि भएको छ ।
असार मसान्तसम्म संस्थाले ३२ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३०८.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ८६ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जनको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि ८ प्रतिशतले बढेको छ । संस्थाले अघिल्लो आवससम्ममा १ अर्ब १२ करोड रुपैयाँबराबरको रहेको खुद ब्याज आम्दानी बढाएर १ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । यस्तै खुद शुल्क तथा कमिशन आम्दानी पनि १० करोड ५७ लाख रुपैयाँबाट वृद्धि भएर १९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी भने १६ लाख ५२ हजारबाट घटेर १० लाख ३१ हजार रुपैयाँमा सीमित बनेको छ ।
संस्थाले रिटेन्ड अर्निङको आकार ४८.७२ प्रतिशतले घटेर २६ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाले रिजर्भको आकार भने १ अर्ब १५ करोड रुपैयाँबाट बढाएर १ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।
चौथो त्रैमाससम्ममा ८ अर्ब ९६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १९ अर्ब ८९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको वितरणयोग्य मुनाफा ५१ करोड ९७ लाख रुपैयाँबाट घटेर २६ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ । यस्तै लाभांश क्षमता पनि ४९.२४ प्रतिशतबाट घटेर २५.२५ प्रतिशतमा सीमित बनेको छ ।
संस्थाको खराब कर्जा अनुपात ४.२६ प्रतिशतबाट बढेर ६.८१ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ७.४५ रुपैयाँबाट बढेर ३०.४५ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २८८.९६ रुपैयाँ,प्रति सेयर कुल सम्पत्तिको मूल्य २ हजार ७२.०७ रुपैयाँ र तरलता अनुपात ६.९८ प्रतिशत कायम भएको छ ।
अर्थ सन्जाल