काठमाडौं । डिजिटल पेन्ट्सले दुईवटा नयाँ उत्पादन बजारमा ल्याएको छ । एक समारोहबीच पेन्ट्सले वाल गार्ड रोयल एक्सेरियर इमल्सन पेन्ट र डिजिटल ड्याम गार्ड उत्पादन बजारमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीले आधुनिक पोलियुरिथिन, सिलिकन टेक्नोलोजी र क्याक प्रुफ टेक्नोलोजी साथै वाटर प्रुफिङसमेत रहेको वाल गार्ड रोयल एक्सटेरियर इमल्सन पेन्टमा १२ वर्ष पफर्मेन्स वारेन्टी दिएको जनाइएको छ ।
कम्पनीका अनुसार १ लिटरदेखि २० लिटर साइजमा मिडियम सेतो, डार्क र एलो कलरमा उक्त उत्पादन उपलब्ध हुनेछ । त्यस्तै पेन्ट्सले सार्वजनिक गरेको अर्को उत्पादन डिजिटल ड्याम गार्डले सिपेजको समस्या तथा नुनियालगायत समस्या न्यूनीकरण गर्ने दाबी गरेको छ ।
ग्राहकहरूको मागलाई दृष्टिगत गरी नयाँ दुई उत्पादन बजारमा ल्याइएको डिजिटल पेन्ट्सका सीईओ देवीप्रसाद गौतमले बताए । कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वालपट्टी, गोल्ड पेन्ट्स, आल्मुनियम पेन्ट्स, उच्च गुणस्तरका इमल्सन पेन्ट्सलगायत ४६ भन्दा बढी उत्पादनहरू बिक्रीवितरण गर्दै आएको छ ।
अर्थ सन्जाल