महिला लघुवित्तको प्रतिशेयर आम्दानीसँगै ५३१.०३ प्रतिशतले बढ्यो खुद नाफा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ५३१.०३ प्रतिशत खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले ९ करोड ४ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष १ करोड ४३ लाख ३९ हजार रुपैयाँ थियो ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज ९ करोड ६२ लाख २७ हजार रुपैयाँबाट घटेर ६ करोड ३७ लाख ३८ हजार रुपैयाँ ऋणात्मक भएको छ । यससँगै कम्पनीको सञ्चालन नाफा पनि ५०३.३३ प्रतिशतले बढेर १२ करोड ९२ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष २ करोड १४ लाख २२ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी भने १३.४६ प्रतिशतले घटेर २२ करोड ८४ लाख ८८ हजार रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्ष २६ करोड ४० लाख ११ हजार रुपैयाँ थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि सामान्य १.२७ प्रतिशतले घटेर ३१ करोड २८ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

६ करोड २२ लाख ५२ हजार रुपैयाँ वितरणयोग्य नाफा भएको यस कम्पनीको चुक्ता पूँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको रिजर्भको आकार १५.५२ प्रतिशतले बढेर २० करोड १० लाख ३९ हजार रुपैयाँ पुगको छ भने रिटेन्ड अर्निङमा ६ करोड ८० लाख ८४ हजार रुपैयाँ छ ।

गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ६.५९ रुपैयाँबाट बढेर ४१.५९ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २२३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४८.९३ गुणा र तरलता अनुपात ६.५० प्रतिशत छ । कम्पनीको खराब कर्जा पनि ५.६९ प्रतिशतबाट घटेर ३.०२ प्रतिशतमा झरेको छ ।

गत वर्ष कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा १७.४२ प्रतिशतले बढेको छ भने निक्षेप संकलन १०.१० प्रतिशतले बढेर १ अर्ब ५७ करोड ३७ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *