काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार कम्पनीले ४६.८० प्रतिशत खुद नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीले १४ करोड १६ लाख ८० हजार रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष कम्पनीको नाफा ९ करोड ६५ लाख १३ हजार रुपैयाँ थियो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ३५.८७ प्रतिशतले बढेर ६३ करोड ३४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४६ करोड ६२ लाख ४४ हजार रुपैयाँ थियो । त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३६.५९ प्रतिशतले बढेर ७३ करोड ५२ लाख १९ हजार रुपैयाँ पुगको छ । जुन अघिल्लो वर्ष ५३ करोड ८२ लाख ५७ हजार रुपैयाँ थियो ।
त्यस्तै, इम्पेयरमेन्ट चार्ज ७ करोड २१ लाख ४६ हजार रुपैयाँबाट १४१.८२ प्रतिशतले बढेर १७ करोड ४४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा ६ करोड ४७ लाख ७५ हजार रहेको छ ।
यस कम्पनीको गत वर्ष सञ्चालन नाफा ४६.९१ प्रतिशतले बढेर २० करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष १३ करोड ८६ लाख ९३ रुपैयाँ मात्रै थियो ।
कम्पनीको चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने यसको जगेडा कोषको आकार १३.४७ प्रतिशतले बढेर ५१ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५९ पैसाबाट बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा, मूल्य आम्दानी अनुपात ५९.६३ गुणा छ । कम्पनीको खराब कर्जा ४.३० प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ ।
कम्पनीको कर्जा प्रवाह १७.३७ प्रतिशतले बढेको छ भने निक्षेप संकलन १.६१ प्रतिशतले घटेको छ ।
अर्थ सन्जाल