काठमाडौं । एनआइसी एसिया लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३२.८२ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष यसले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असारसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । एनआइसी एसिया लघुवित्तको खराब कर्जा चुलिँदा खुद नाफा घटेको छ ।
खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले घटेर ९५ करोड १६ लाख रुपैयाँमा झरेको छ । यस्तै, सञ्चालन नाफा ४९.७१ प्रतिशतले घटेर २१करोड १२ लाख रुपैयाँमा आएको छ ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसाबाट घटेर ७ रुपैयाँ ३१ पैसा (वार्षिक)मा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा छ ।
Artha Sanjal
अर्थ सन्जाल