विश्व हिन्दु महासंघले बंगलादेशमा भइरहेको अराजनीतिक गतिविधिविरुद्ध बुझायो ज्ञापनपत्र

काठमाडौं । विश्व हिन्दु महासंघको केन्द्रीय समितिले बंगलादेशमा भइरहेको राजनीतिक अस्थिरता र त्यसका आधारमा भइरहेका अमानवीय गतिविधिहरूको विरोधमा एक ज्ञापनपत्र बुझाएको छ ।

महासंघले जारी विज्ञप्तिमा बंगलादेशमा भइरहेको अराजनीतिक र अमानवीय क्रियाकलापले सनातन हिन्दु धर्मावलम्बीको समाजलाई गम्भीर असर पुर्याएको प्रति राजदूताबासमार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएकाे हाे ।

त्यस्तै, महासंघले बंगलादेशको राजदूताबास मार्फत बंगलादेशका सम्बन्धित निकायसँग जोडदार माग गर्दै यस्तो अमानवीय गतिविधि तुरुन्त बन्द गर्न अनुरोध गरेको छ । महासंघका महासचिव शम्भुहरि बास्तोलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ- बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न गराउन राजदूताबास मार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौं ।

राजदूतको मार्फत बंगलादेशमा यी गतिविधिहरू बन्द हुने र धार्मिक अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्ने वातावरण तयार हुने महासंघको विश्वास रहेकाे छ । शान्तिको प्रत्याभूति र शान्ति पुनःस्थापनाको आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *