काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडका संस्थागत लगानीकर्ताहरुले आगामी असोज ५ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने भएका छन् ।
कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँड गरिएको २४ लाख कित्ता सेयरको लक–ईन अवधि असोज ५ गते समाप्त हुने जनाएको हो ।
पहिलो पटक बुक विल्डिङ्ग प्रणालीमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
सोमध्येको ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुलाई बिक्रीगरेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल