काठमाडाैं । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी रम्भा पाण्डेको नामको २ लाख २० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।
प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् ।
त्यस्तै, ३५ दिनभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि आवेदन नपरेमा बैंकले सर्वसाधारणले मात्रै खरीद गर्न पाउने गरी पुन बिक्रीमा ल्याउनेछ ।
सो सेयर खरीद गर्न इच्छुक सेयरधनीले काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा आबेदन् दिनु पर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल