काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्ड योजनाले प्रतिफल वितरण गर्ने भएको छ ।
क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५० प्रतिशत नगद लाभांश (कर सहित) र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन ।
Artha Sanjal
अर्थ सन्जाल