काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा १३४.०३ प्रतिशतले बढेर ६ करोड ३१ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ६९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा २ करोड ७८ लाख ५७ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । अघिल्लो वर्ष यसको इम्पेयरमेन्ट चार्ज ३ करोड २४ लाख ६४ हजार रुपैयाँ थियो । त्यस्तै, खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले बढेर २५ करोड ५० लाख ९ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ छ । यसको वितरणयोग्य नाफा ३ करोड ४४ लाख ९८ हजार रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले ९.२७ प्रतिशत लाभांश वितरण गर्न सक्छ । यसको प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १७२.७० रुपैयाँ छ । एनपीएल ३.७९ प्रतिशत कायम भएको छ ।
अर्थ सन्जाल