काठमाडौं। पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष ०८०/८१ मा तीन करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।
गत आवमा बैंकले चार अर्ब ९७ करोड निक्षेप संकलन र चार अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरी सो नाफा आर्जन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी दिए ।
तीन करोड १२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेकोे बैंकको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ७९ पैसा, प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ ।बंैकले अघिल्लो आवमा ०७९/८० मा एक करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा बढेको बैंकले जनाएको छ । बैंकका सिइओ बुढाथोकीका अनुसार ५३ करोड ८७ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा आठ करोड ७५ लाख रुपैयाँ छ ।
अर्थ सन्जाल