काठमाडौं। युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २२.८८ प्रतिशतले बढेकाे हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी भने ६.५६ प्रतिशतले घटेर २५ करोड ५१ हजार रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष २६ करोड ७५ लाख ९८ हजार रुपैयाँ थियो । कुल सञ्चालन आम्दानी पनि २.२१ प्रतिशतले घटेर ३१ करोड १२ लाख ७१ हजार रुपैयाँमा सिमित भएको छ । यो अघिल्लो वर्ष ३१ करोड ८३ लाख १७ हजार रुपैयाँ थियो ।
गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज ८७.९० प्रतिशतले घटेर १ करोड १६ लाख ११ हजार रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्ष ९ करोड ५९ लाख ७४ हजार रुपैयाँ थियो । यससँगै कम्पनीको सञ्चालन नाफा ८१.४५ प्रतिशतले बढेर १७ करोड ११ लाख ६६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ९ करोड ४३ लाख ३१ हजार रुपैयाँ मात्रै थियो ।
गत वर्ष कम्पनीको खुद सञ्चालन आम्दानी ३४.७७ प्रतिशतले बढेर २९ करोड ९६ लाख ५९ हजार रुपैयाँ पुगको छ । यो अघिल्लो वर्ष २२ करोड २३ लाख ४३ हजार रुपैयाँ मात्रै थियो । गत वर्ष कम्पनीले सञ्चालन खर्च ०.३८ प्रतिशतले बढाएको छ भने वितरणयोग्य मुनाफा १८ करोड ६५ लाख ५१ हजार रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ २७ पैसाबाट बढेर ३२ रुपैयाँ २८ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ ३३४ रुपैयाँ ३८ पैसा रहँदा मूल्य आम्दानी अनुपात ६७.४२ प्रतिशत छ । गत वर्ष कम्पनीको खराब कर्जा १४.७१ प्रतिशतबाट घटेर १२.७४ प्रतिशतमा झरेको छ ।
१४ करोड ८५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भको आकार २८.५१ प्रतिशतले बढेर १९ करोड ५५ लाख ४३ हजार रुपैयाँ पुगको छ । कम्पनीको रिटेन्ड अर्निङमा १५ करोड २६ लाख ८९ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा ११.७४ प्रतिशत घटेर ३ अर्ब ८ करोड २१ लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन ०.९९ प्रतिशतले घटेर २ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।
अर्थ सन्जाल