काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बैंकले विक्रीमा राखेको छ ।सेयर किन्न इच्छुक सेयरधनीले आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको मिति आज साउन २४ गतेले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।
बैंकले तोकेको समय ३५ दिनभित्र बैंकका संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल