काठमाडौं। सेयर बजारमा आज उतारचढाव आएको छ। नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ को विन्दुमा उक्लिएको हो। हिजो भारी अंकले घटेको बजारमा आज भने ४.०८ प्रतिशतको बढोत्तरी भएको छ ।
आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।
आज ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९५ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटिी होटल रहिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकले गुमाएका छन् । आज यसका इकाईधनीले ३.८२ प्रतिशतका दरले गुमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनीकाे १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
नेपाल फाइनान्स ६५ करोड ५५ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर ५५ करोड ७३ लाख रुपैयाँ,शिवम सिमेन्ट ४६ करोड २१ लाख रुपैयाँ,चिलिमे हाइड्रोपावर ३५ करोड रुपैयाँ,सीईडीबी हाइड्रोपावर ३४ करोड ७५ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ३४ करोड ३९ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३३ करोड २४ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनी ३१ करोड ८४ लाख रुपैयाँ,माउन्टेन इनर्जी २९ करोड ९४ लाख रुपैयाँकाे सार्वधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल