काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले बैंकले आज निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानी योग्य पुँजी थुप्रिरहेको छ ।
यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल