काठमाडौं। सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंक १८ करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । असारसम्म आईपुग्दा बैंकको सञ्चालन नाफा बढेसँगै खुद नाफामा उल्लेख्य सुधार आएको हो ।
अघिल्लो वर्ष २५ करोड ६३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको बैंकले यो त्रैमासमा ३ करोड ३४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यस बैंकको इम्पेयरमेन्ट चार्ज पनि २४ करोड ८१ लाख रुपैयाँबाट घटेर २ करोड ३४ लाखमा झरेको छ । यसले गर्दा पनि नाफा बढ्नमा टेवा पुगेको छ ।
यसको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । हाल सप्तकोशीको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २६ करोड रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी पनि बढेर २ रुपैयाँ ७० पैसा (वार्षिक) भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९८ पैसा (वार्षिक) ऋणात्मक रहेको थियो । यसको नेटवर्थ भने ७८.८५ रुपैयाँ छ ।
अर्थ सन्जाल