काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी मिन बहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
कम्पनीले तोकेको सो समयभित्र संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने जनाएको छ ।