काठमाडौं। ज्योति विकाश बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले २४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १८.३३ प्रतिशत कम हो । अघिल्लो वर्ष यस बैंकले ३० करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ०.११ प्रतिशतले घटेको छ । तर बैंकको सञ्चालन नाफा भने ५ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ९५ करोड ४३ लाख रुपैयाँबाट घटेर ९५ करोड १६ लाख रुपैयाँमा झरेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४० करोड ५२ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसाबाट घटेर ५ रुपैयाँ ६१ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ०१ पैसा रहेको छ ।
हालसम्म बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब २८ करोड रुपैयाँ छ ।
Artha Sanjal
अर्थ सन्जाल