काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिन सक्ने अवस्था नरहेको बताएका छन् ।
प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै महतले भने ‘सेयर बजारमा जसरी बुलिस ट्रेन्ड देखिएको छ, त्यसलाई सहज रुपमा लिन सक्ने अवस्था अवश्य छैन, त्यहाँ केही चहलखेलकर्ताले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावना देखिएको छ ।’
कतिपय संस्थाको भाउ अस्वभाविक रुपमा बढेको भन्दै उनले नियामक र सरकारको ध्यानाकर्षण गराएका छन् । कतिपय संस्थाको नाफा तथा बिजनेस विस्तारविना नै बजार मूल्य डबर ट्रिपल समेत भएको भन्दै उनले यसप्रति सरकारको ध्यान जानुपर्ने बताए ।
Artha Sanjal
अर्थ सन्जाल