काठमाडौं । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् ।
बीबीसीका अनुसार उनी हेलिकप्टर चढेर छिमेकी देश भारतको अगरतलातिर गएकी छन् ।
बंगलादेशमा अहिले हजारौं प्रदर्शनकारीहरु ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् । सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरुले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन्।
Artha Sanjal
अर्थ सन्जाल