काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र आम्दानी दुवै बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार बैंकले समीक्षा अवधिसम्ममा ५ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ३९.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंकले खुद ब्याज आम्दानी पनि बढाएको छ । बैंकले खुद ब्याज आम्दानी २२.०२ प्रतिशतले बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन मुनाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको कर्मचारी खर्च भने २७.७२ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आवसम्म ३ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ४३ करोडले ऋणात्मक अवस्थामा रहेको छ । यस्तै बैंकको रिजर्भको आकार २२.५५ प्रतिशतले बढेर ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन १३.८३ प्रतिशतले बढेर ४ खर्ब ३ अर्ब र कर्जा प्रवाह पनि १.५४ प्रतिशतले बढेर ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । चौथौ त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै वार्षिक लाभांश क्षमतादर पनि १०.०५ प्रतिशतले ऋणात्मक अवस्थामा छ ।
अघिल्लो आवमा ४.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.९५ प्रतिशत कायम भएको छ ।
अर्थ सन्जाल