काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार गत वर्ष बैंकको नाफा २७ .४९ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेर ७ अर्ब ४९ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ३२. १४ प्रतिशतले बढेर १ अर्ब ९२ करोड १० लाख रुपैयाँ पुगेको छ । यससँगै बैंकको कुल सञ्चालन आम्दानी ६ दशमलव ३१ प्रतिशतले घटेर ९ अर्ब ६७ करोड ७८ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ३२ करोड ९७ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।
गत वर्ष कम्पनीको खुद सञ्चालन आम्दानी १२.६१ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड ६७ लाख रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा २५.०१ प्रतिशतले घटेर ३ अर्ब ५० करोड ६० लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ यस्तो नाफा गरेको थियो ।
त्यस्तै, बैंकको वितरयोग्य नाफा १ अर्ब १४ करोड ८ लाख रुपैयाँबाट घटेर २३ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ ।
बैंकको खराब कर्जा ०.५२ प्रतिशतले बढेर ३.२७ प्रतिशत पुगेको छ। आधारदर १ .९५ प्रतिशतबाट ८.४२ प्रतिशत कायम भएको छ । बैंकको ईपीएस ४ रुपैयाँ ८३ पैसाले घटेर १२ रुपैयाँ ७२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २७ पैसा रहेको छ ।
हालसम्म बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार १७ . २२ प्रतिशतले बढेर १० अर्ब ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङमा २३ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकले २ खर्ब २३ अर्ब ९४ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ९४ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
अर्थ सन्जाल