काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १७. ९७ प्रतिशत कम हो ।अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६. ७६ प्रतिशतले घटेर ५ अर्ब ९० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ थियो ।
त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १४ करोड ८२ लाख रुपैयाँबाट घटेर १ अर्ब ७ करोड २१ लाख रुपैयाँमा झरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७ .११ प्रतिशतले घटेर ६ अर्ब ३७ करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन आम्दानी ६ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ थियो ।
बैंकको सञ्चालन नाफा १७.९७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा गत वर्ष १ अर्ब ९५ करोड २७ लाख रुपैयाँ मात्रै नाफा गरेको हो ।
बैंकको प्रतिशेयर आम्दानी १ अर्ब ४४ करोड ८५ लाख रुपैयाँबाट घटेर ४६ करोड ६४ लाख रुपैयाँमा पुगेको छ । बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ०९ पैसाले घटेर १० रुपैयाँ ७६ पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा रहेको छ ।
हालसम्म बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने रिजर्भ ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको रिटेन्ड अर्निङमा ४६ करोड ६४ लाख रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ६७ करोड ३० लाख रुपैयाँ सञ्चिति रहेको छ ।
यस अवधिसम्ममा बैंकले १ खर्ब ५७ अर्ब ९४ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २७ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अर्थ सन्जाल