काठमाडौँ । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
यसअवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसाले बढेर २६ रुपैयाँ ९ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा रहेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.६९ प्रतिशतले घटेर १६ र्अ २० करोड ७० लाख १० हजार रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा पुगेको छ ।
त्यस्तै, बैंकको सञ्चालन नाफा ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । यसअवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसाले बढेर २६ रुपैयाँ ०९ पैसामा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा छ ।