दुई कम्पनीको ४४ लाख कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा विभिन्न दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत गरेको हो ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर सूचीकृत भएको हो ।

मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस बापतको ३८ लाख ६१ हजार ५ सय ७९ दशमलब ५६८० कित्ता शेयर सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *