काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको २०औं साधारणसभाबाट नयाँ कार्यसमिती चयन भएको छ । उक्त साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन् भने उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् । त्यस्तै, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुन ढुङ्गा उत्खनन र विघुत बैकिङ् लगायतका समस्या समाघान का लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
संघका सदस्यमा तेन्जिङ लाक्देन तामाङ, निपेश तायल, विष्णु अग्रवाल शोभाकर न्यौपाने, केशवप्रसाद उप्रेती, आदित्य सांघई, नन्दी केशर पौडेल, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् । यता, राजनकुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् ।
यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ ।
अर्थ सन्जाल