


काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यक्तिगत सेयर धितो कर्जाको १५ करोडको सीमालाई छाडेर संस्थागत तर्फको २० करोडको सीमा खारेज गर्ने घोषणा गरेको थियो । सोही मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनार्थ शुक्रबार अर्को सर्कुलर जारी गर्दै राष्ट्र बैङ्कले २० करोडको सीमा खारेज गरेको हो ।
‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि मात्र यस्तो सीमा लागु हुनेछैन,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा छ ।
यसअघि संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँको सीमा थियो ।

अर्थ सन्जाल