काठमाडाैं । कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको २ करोड ४६ लाख खर्च भएको पाइएको छ । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका नामबाट भएको छुट्टाछुट्टै खर्च जोड्दा सो बराबर खर्च भएको देखिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण भएको थियो । पहिलोपल्ट कतारका राजा नेपाल आएकाले नेपालले राजकीय सम्मानसहित स्वागत गरेको थियो । दुई निजी जहाज लिएर आएका उनीसँग आधा दर्जनभन्दा बढी मन्त्री सहभागी भएका थिए ।
अर्थ मन्त्रायकाअनुसार कतारी राजाको नेपाल भ्रमणमा राष्ट्रपति कार्यालयका नाममा १ करोड २९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी असारमा कतारी राजाकै भ्रमणमा भएको खर्चबापत परराष्ट्र मन्त्रालयका नाममा १ करोड १७ लाख रुपैयाँ खर्च भएकाे छ ।
यसबाहेक राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको औपचारिक भ्रमणमा जाँदा २ करोड ४३ लाख रुपैयाँ खर्च भएकाे छ ।
अर्थ सन्जाल