त्रिवि भन्सार कार्यालयले १०८ प्रतिशत बढी राजस्व संकलन

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले १०८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको ८ महिनासम्ममा १६ अर्ब २२ करोड २६ लाख राजस्व संकलन भएको छ ।

यो अवधिमा कार्यालयको राजस्व असुली १५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको ८ महिनासम्म त्रिवि भन्सार कार्यालयले १० अर्ब ७७ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गरेको हो।

त्रिवि भन्सार कार्यालयले चालू आर्थिक वर्षको भदौ महिनामा सर्वाधिक राजस्व संकलन गरेको छ । यो महिना कार्यालयले २ अर्ब १० करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ८१ करोड १० लाख रुपैयाँ संकलन गरेको थियो ।

चालू आवको पहिलो महिना साउनमा २ अर्ब २४ करोड २४ रुपैयाँ राजस्व संकलन गरेको छ । यो महिना कार्यालयले एक अर्ब ८६ करोड ८३ लाख रुपैयाँ राजस्व संलन गर्ने लक्ष्य लिएको थियो । यो दुई अर्ब एक करोड ८२ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब २७ करोड ७२ लाख रुपैयाँ संकलन भएको थियो ।

चालू अवको कात्तिक महिनामा एक अर्ब ९१ करोड ८६ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब १२ करोड १६ लाख संकलन भएको थियो भने मंसिर महिनामा एक अर्ब ९२ करोड ८८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ३ करोड २८ लाख संकलन भएको छ । पुस महिनामा एक अर्ब ८८ करोड १३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ७ करोड ५२ लाख राजस्व संकलन गरिएको छ ।

चालू आर्थिक वर्षको माघ महिनामा भने त्रिवि भन्सारले कम राजस्व संकलन गरेको छ । यो महिना कार्यालयले एक अर्ब ७८ करोड ११ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ४७ करोड ६८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

महिना एक अर्ब ८६ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *