एकै वर्षमा देशभर बैंकिङ कसुरसम्बन्धी १३ हजार बढी मुद्दा दर्ता

काठमाडाैं । एक वर्षमा नेपाल प्रहरीकोमा बैंकिङ कसुरसम्बन्धी १३ हजार बढी बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा १३ हजार २६३ वटा बैंकिङ्ग कसुर सम्बन्धी उजुरी दर्ता भएका छन् । जसमा सबैभन्दा बढी ७ हजार ६६२ मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन् ।

त्यस्तै, गत आवमा लुम्बिनी प्रदेशमा एक हजार १७८ वटा, कर्णाली प्रदेशमा २८६ वटा, सुदूरपश्चिम प्रदेशमा २९७ वटा, गण्डकी प्रदेशमा एक हजार ८२, कोशी प्रदेशमा एक हजार ४, मधेश प्रदेशमा एक हजार १६ र बागमती प्रदेशमा ७३८ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *