काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ छ । त्यसैगरी, बिक्री दर १३४.२७ रुपैयाँ छ ।
केन्द्रीय बैंकका अनुसार यो दिन यूरोपियन यूरो एकको खरिद दर १४४.७५ रुपैयाँ छ भने बिक्री दर १४५.४० रुपैयाँ छ ।
त्यस्तै, यो दिन बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.६५ रुपैयाँ छ भने बिक्री दर १७२.४२ रुपैयाँ छ । त्यस्तै,अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४१ रुपैयाँ छ भने बिक्री दर ८७.८० रुपैयाँ छ ।
यसैगरी, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ छ । १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ छ भने एक कुवेती दिनारको खरिददर ४३७.१४ रुपैयाँ र बिक्रीदर ४३९.११ रुपैयाँ छ ।
उता १० जापानी येनको खरिददर ८.६४ रुपैयाँ र बिक्रीदर ८.६७ रुपैयाँ छ ।त्यस्तै एक युएई दिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४४ रुपैयाँ र बिक्रीदर १८.५२ रुपैयाँ छ । त्यस्तै एक मलेशियन रिंगेटको खरिददर २८.९२ रुपैयाँ र बिक्रीदर २९.०५ रुपैयाँ छ ।