


पोखरा । विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा भएको छ । पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो ।
कास्की जिल्ला प्रहरी कार्यलयका डिएसपी वसन्तकुमार शर्माका अनुसार बसमा २२ विद्यार्थी, चालक र सहचालक गरि २४ जना सवार थिए ।
उनका अनुसार विद्यार्थी बोकेर स्कुलतर्फ जादै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोक पुर्याइएको छ।
Artha Sanjal

अर्थ सन्जाल