एनएमबी बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकको सहभागितामा गैँडाकोट–४ दर्शनचोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको जनाएको छ ।
कञ्चन आमा समूहको प्राँगणमा आयोजना गरिएको कार्यक्रममा एनएमबी बैंक गैँडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए । आमा समूहका तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले आउँदा दिनहरुमा पनि यस्ता वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरी समूहलाई अझ सशक्त बनाइदिनेछ भन्ने विश्वास व्यक्त गरिन् ।
बैंकले सर्वसाधारणलाई बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र यस एनएमबी बैंकेले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले एनएमबी बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।






