काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ललितपुरको कुपडोलमा नयाँ सर्भिस सेन्टरको सुरुवात गरेको छ ।
कुपन्डोलमा बीवाईडीको इको ड्राइभ अटोमोबाइल्सले नयाँ सर्भिस सेन्टरको सुरुवात गरेको हो । साथै कम्पनीले गौरीघाटमा रहेको सर्भिस सेन्टरलाई थप परिष्कृत गर्दै सञ्चालनमा ल्याएको जनाएको छ ।
गौरीघाटमा रहेको सर्भिस सेन्टरमा ५० कर्मचारी कार्यरत छन् । यी सर्भिस सेन्टरमा आवश्यकताअनुसार आपत्कालीन समयमा प्रयोग गर्न सकिने रोड साइट असिस्टेन्स (आरएसए) भेइकल र हटलाइनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा सर्भिस सेन्टरमा सञ्चालनमा छन् ।