उमेश राउतको शब्द/सङ्गीतमा ‘माया जाँचेर’ सार्वजनिक (भिडियो)

उमेश राउतको शब्द सङ्गीतमा ‘माया जाँचेर’ सार्वजनिक भएको छ । आश्मा दुलाल र जनक घिमिरेको आवाजमा रहेको पूर्वेली भाकाको गीत सार्वजनिक भएको हो । लामो समय परदेश बसेर फर्केको प्रेमीले केही नबोलेपछि प्रेमिकाले माया जाँचेर लैजान आग्रह गर्दै सुरु गीत सुरु भएको छ । पूर्वेली गीत माया जाँचेर विशुद्ध प्रेमभाव बोकेको गीत हो ।

प्रेमिकाले आफूलाई स्वीकार्ने हो कि होइन भन्ने संशय व्यक्त गर्दा आफूले वर्षौं पर्खेको भन्दै शीतल के हो भनेर पीपललाई नसोध्न आग्रह गर्दै प्रेम स्वीकार्दै रीत पुर्‍याएर घरमा माग्न आउन भनेपछि प्रेमीले घरको आँगनमै सिउँदो भरेर सँगै बाँच्ने सँगै मर्ने कसम खाएपछि गीत सकिन्छ ।

पुरुशोत्तम सुवेदीले सङ्गीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा कमल थापा र गोविन्द अनेकले रेकर्ड गरेका हुन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका हुन् । भिडियोको सबै काम दिपेश गिरीले गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *