काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४.०३ अंक बढेर बन्द भएको छ। यससँगै सूचक २५४०.१४ अंकमा आएको छ । ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।
कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।