काठमाडौं । बजारमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।
२०८१ साउन ९ गते मध्यान्ह ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
निक्षेप सङ्कलन बोलकबोलमा भाग दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
पछिल्लो रिपोर्ट अनुसार बैंकहरुले ६४ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दै गर्दा जम्मा ५१ खर्ब ४४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी हुन सकेको छ । साउन २ गतेसम्म ७७.८७ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कामय गरेका बैंकहरुले ६ खर्ब माथिको तरलता होल्ड गरेर बसेका छन् ।
अर्थ सन्जाल