काठमाडाैं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २९ हजार ४८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने भएकाले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न चाहने कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल