


काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ९.७९ अंक बढेर बन्द भएको छ।
आज सेसनमा ९.७९ अंक बढेर २५७३.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०९ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ८२ स्टकको २४८ पटकको कारोबारमा १ करोड ३७ लाख २६ हजार ७५७ रुपैयाँबराबरको २६ हजार ४५५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५६ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal

अर्थ सन्जाल