साशा इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । हाइड्रोपावरले जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हाे । त्यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्ध नियुक्त भएको छ ।

धितोपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखामा ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *