काठमाडौं । सेयर बजार मंगलबार उछाल आएको छ। नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा बन्द भएको छ।
आज नेप्से उपसमूहमा रहेका सबै १३ समूहमा हरियाली छाएको छ।
बजार बढ्दा २२० कम्पनीको सेयरमूल्य बढेको छ भने १९ कम्पनीको सेयरमूल्य घटेको छ। ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।आज दिनभरिमा ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज बोटलर्स नेपाल बालाजू, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्मिट लागेको छ । सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।
आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे २४ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ।
अपी पावर,हिमालयन रिइन्स्योरेन्स,शाइन रेसुंगा डेभलपमेन्ट बैंक,ङादी ग्रुप पावर,क्ष्मी सनराइज बैंक,सानिमा माई हाइड्रोपावर,अपर तामाकोशी,हिमाल दोलखा हाइड्रोपावर,माउन्टेन इनर्जीः १७ करोड ३० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।