फोनमनीले ल्यायो ‘फोनमनी साथमा’ १ करोड हातमा’ योजना

काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फाेनमनीले आफ्नो नयाँ योजना ‘फोनमनी साथमा, १ करोड हातमा’ याेजना सुरु गरेको छ ।

यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म चल्ने कम्पनीले जनाएको छ । कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले फाेनमनी एपमार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन् ।

यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउने कम्पनीले जनाएको छ । साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वन (Won) (करिब १० लाख नेपाली रुपैयाँ) को बम्पर पुरस्कार जित्न सक्ने कम्पनीको भनाइ छ ।

फाेनमनीका मार्केटिङ म्यानेजर राजन अधिकारीले भने- ‘हामी कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध छौं। ‘फाेनमनी साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्ताहरूलाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *