सूर्योदय वोमीको एफपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं ।  सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार लगानीकर्ताले आज कार्यालय समयभित्रमा आवेदन दिन सक्नेछन् । कम्पनीले  साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले  ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो  ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न  एफपीओ जारी  गरेको कम्पनीले जनाएको छ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने कम्पनीले  जनाएको छ । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *